रास्वपा बनगाड कुपिण्डे–६ को वडा अधिवेशन भोलि हुँदै
सल्यान — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ६ मा वडा अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशन २०८३ साल जेठ ४ गते (भोलि) सुनौली बजारमा हुने जानकारी नगर सभापति लोकेन्द्र ओलीले दिएका छन्।
रास्वपाले वडा स्तरमा संगठन विस्तार तथा जनसम्पर्कलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित अधिवेशन आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रममा पार्टीका शुभचिन्तक, समर्थक, स्थानीय बुद्धिजीवी तथा आम नगरबासीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
यस अवसरमा रास्वपाको विचार, नीति तथा एजेन्डाबाट प्रभावित भई पार्टी प्रवेश गर्न इच्छुक व्यक्तिहरूलाई समेत विशेष स्वागत गरिने आयोजकले जनाएको छ।
नगर सभापति ओलीले सम्पूर्ण स्थानीयवासीलाई कार्यक्रममा सभ्य र भव्य उपस्थितिका लागि हार्दिक आग्रह गरेका छन्।
कार्यक्रम विवरण:
स्थान: सुनौली बजार
मिति: २०८३ साल जेठ ४ गते (भोलि)
रास्वपाले वडा अधिवेशनलाई संगठन सुदृढीकरण तथा जनतासँग प्रत्यक्ष संवादको महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।


प्रतिकृया दिनुहोस