प्रतिनिधिसभामा आज महत्वपूर्ण विधेयकहरू छलफल र निर्णयका लागि प्रस्तुत हुँदै
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरू प्रस्तुत तथा छलफलका लागि कार्यसूची तय गरिएको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । साथै, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि पनि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरिनेछ ।
त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त विधेयकमाथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने र अन्ततः पारित गरियोस् भन्ने प्रस्तावसमेत कार्यसूचीमा समावेश गरिएको छ ।


प्रतिकृया दिनुहोस