प्रधानमन्त्रीको उपस्थितिमाथि प्रश्न उठाउँदै संसद्मा उभिए हर्कराज राई
संसद्मा उठे श्रम संस्कृति पार्टीका सांसद, प्रधानमन्त्रीको जवाफदेहितामाथि प्रश्न
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर बोल्न समय माग गरेका छन्।
सभामुख डोलप्रसाद अर्यालले त्यसपछि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईलाई आफ्नो धारणा राख्न समय दिएका थिए।
सदनमा बोल्दै राईले प्रधानमन्त्री तथा मन्त्रीहरू नियमित रूपमा संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। उनले जनताको सार्वभौम प्रतिनिधित्व गर्ने संसद्लाई सरकारले गम्भीर रूपमा लिनुपर्ने धारणा राखे।
प्रधानमन्त्री वालेन्द्र शाहले गृह र रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेको उल्लेख गर्दै राईले सीमा सुरक्षा, सुकुमवासी व्यवस्थापनलगायत संवेदनशील विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने माग गरे।
राईको भनाइपछि सभामुख अर्यालले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै श्रम संस्कृति पार्टीका सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गरेका थिए।
यसअघि पनि उक्त दलका सांसदहरूले सरकारलाई जवाफदेही बनाउनुपर्ने माग गर्दै प्रतिनिधिसभा बैठकमा ‘प्ले कार्ड’ प्रदर्शन गरेका थिए।


प्रतिकृया दिनुहोस