• २९ असोज २०८३, बिहीबार
  • Thursday,15 October,2026

एमालेमा नेताहरूको नयाँ कार्यविभाजन प्रस्ताव, प्रमुख जिम्मेवारी बाँडफाँट

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । नेकपा (एमाले) ले पार्टीभित्र नेताहरूको व्यापक कार्यविभाजन प्रस्ताव तयार गरेको छ। भोलि बस्ने सचिवालय बैठकमा पेश गरी अन्तिम टुंगो लगाइने तयारी गरिएको उक्त प्रस्तावमा विभिन्न विभागको जिम्मेवारी नेताहरूलाई बाँडिएको छ।

सचिव पद्मा अर्यालका अनुसार विदेश मामिलादेखि संगठन, प्रचार, शिक्षा, कृषि, पर्यटन, कानून, सहकारी, श्रम तथा रोजगारलगायतका विभागहरू समेटेर नयाँ कार्यविभाजन प्रस्ताव तयार गरिएको हो।

प्रस्तावअनुसार प्रदीप ज्ञवालीलाई विदेश मामिला विभाग प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला विभाग प्रमुख, भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख र हिक्मत कार्कीलाई राष्ट्रिय हित संरक्षण विभाग प्रमुख बनाउने तयारी गरिएको छ।

त्यस्तै, सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभाग, शेरबहादुर तामाङलाई पार्टी स्कुल विभाग, गोकुल बास्कोटालाई भूमि व्यवस्था विभाग र रामकुमारी झाक्रीलाई सहरी विकास विभाग प्रमुखको जिम्मेवारी प्रस्ताव गरिएको छ।

त्यसैगरी, कर्ण थापा, विन्दा पाण्डे, ज्वाला साह, देवेन्द्र दाहाल, रचना खड्कालगायत नेताहरूलाई पनि विभिन्न विभागीय जिम्मेवारी प्रस्ताव गरिएको छ।

एमालेले पार्टी संगठन सुदृढीकरण, नीति कार्यान्वयन र जनसम्पर्क विस्तारलाई ध्यानमा राख्दै नेताहरूको भूमिकालाई पुनः संरचना गर्न लागेको बताइएको छ। पार्टीभित्रको यो कार्यविभाजनलाई आगामी राजनीतिक रणनीतिसँग जोडेर समेत हेरिएको छ।

प्रतिकृया दिनुहोस
↑