• २९ असोज २०८३, बिहीबार
  • Thursday,15 October,2026

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वानको सूचना रद्द

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि खुलाइएको आवेदन प्रक्रिया तत्कालका लागि रोकिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक दिनअघि मात्रै आवेदन आह्वान गर्दै सूचना प्रकाशित गरेको थियो । तर, त्यसको भोलिपल्टै अर्को सूचना जारी गर्दै उक्त आह्वान रद्द गरिएको जनाएको हो ।

मन्त्रालयले जेठ ७ गते गोरखापत्रमार्फत अध्यक्ष पदका लागि इच्छुक व्यक्तिबाट दरखास्त मागेको थियो । तर जेठ ८ गते पुनः सूचना प्रकाशित गर्दै अघिल्लो सूचना खारेज गरिएको उल्लेख गरिएको छ ।

सूचना किन रद्द गरिएको हो भन्ने विषयमा मन्त्रालयले कुनै स्पष्ट कारण खुलाएको छैन । अचानक आवेदन प्रक्रिया रोकिएपछि यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सार्वजनिक सेवा प्रसारण संस्थाको नेतृत्व चयन प्रक्रियासँग सम्बन्धित यो निर्णयले सञ्चार क्षेत्रमै चासो बढाएको छ ।

प्रतिकृया दिनुहोस
↑