• २९ असोज २०८३, बिहीबार
  • Thursday,15 October,2026

मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगनकुमार थापाको माग

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले जेनजी आन्दोलनसँग सम्बन्धित राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार सुनसरीको लौकहीमा आयोजित प्रदेश तथा स्थानीय तहस्तरीय भेलालाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गते भएका घटनाको वास्तविकता बाहिर ल्याउन आयोगको प्रतिवेदन सार्वजनिक हुन आवश्यक रहेको बताए ।

उनले सरकारलाई प्रश्न गर्दै भने, “राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कहाँ छ ? सरकारले अब त्यसलाई सार्वजनिक गर्नैपर्छ ।”

सभापति थापाले भदौ २४ गते भएका घटनाका दोषी कानुनी दायरामा आउनुपर्ने धारणा पनि राखे । योजनाबद्ध रूपमा घटना गराउने जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने उनको भनाइ थियो ।

सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले सरकार गठनको सुरुका सय दिन जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने समय भएकाले मनपरी निर्णय गर्न नहुने बताए ।

त्यसैगरी उनले Rastriya Swatantra Party लाई संकेत गर्दै दुईतिहाइ बहुमतको आडमा संविधानविपरीत काम गर्न खोजिए कांग्रेस प्रतिवादमा उत्रिने चेतावनी दिए । जनताको म्यान्डेटअनुसार राम्रो काममा कांग्रेसले सहयोग गर्ने तर संविधानमाथि हस्तक्षेप स्वीकार नगर्ने उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस
↑