• २९ असोज २०८३, बिहीबार
  • Thursday,15 October,2026

कानुनमन्त्री र इजरायली राजदूतबीच शिष्टाचार भेटवार्ता

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास बीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा नेपाल र इजरायल बीचको कूटनीतिक सम्बन्धलाई अझ प्रभावकारी र औपचारिक बनाउने विषयमा छलफल भएको बताइएको छ । दुई देशबीच सहकार्य विस्तार गर्न आवश्यक कानुनी संरचना तथा दस्तावेज निर्माणमा समेत सहकार्य गर्ने विषयमा कुराकानी भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ ।

नेपाल–इजरायल कूटनीतिक सम्बन्धले ६६ वर्ष पूरा गर्न लागेको सन्दर्भमा विभिन्न मन्त्रालयबीच समन्वय बढाएर द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएको जनाइएको छ ।

भेटमा मन्त्री गौतमले नागरिकलाई न्यायमा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले नेपालका संघ, प्रदेश र स्थानीय तहका कानुनलाई एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने गरी मन्त्रालयले डिजिटाइजेसनको काम अघि बढाइरहेको जानकारी दिनुभयाे । 

त्यसैगरी, एकीकृत कानुनी सहायता, पारस्परिक कानुनी सहयोग, संक्रमणकालीन न्याय तथा संसदीय मामिलाका क्षेत्रमा इजरायल सरकारसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको मन्त्री गौतमले उल्लेख गर्नुभयाे । 

प्रतिकृया दिनुहोस
↑