लगातार सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत आंशिक रुपमा खुला रहने
काठमाडौं । लगातार चार दिन सार्वजनिक बिदा परेकाले सर्वोच्च अदालतले आज र भोलि पनि आंशिक सेवा सञ्चालन गर्ने भएको छ ।
सर्वोच्च अदालत प्रशासनले बिहीबार र शुक्रबार बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन दर्ता तथा सुनुवाइका लागि अदालत खुला रहने जानकारी दिएको हो ।
प्रशासनका अनुसार, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सेवा उपलब्ध हुनेछ । अन्य नियमित सेवा भने सार्वजनिक बिदाकै कारण सञ्चालन नहुने जनाइएको छ ।


प्रतिकृया दिनुहोस