• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

नेपाल प्रहरीका प्राविधिकतर्फका १६ प्रहरी निरीक्षक डीएसपी बढुवाका लागि सिफारिस

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक समूहअन्तर्गत कार्यरत १६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयस्थित बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकपछि विभिन्न प्राविधिक उपसमूहका रिक्त पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचीअनुसार चिकित्सक उपसमूहतर्फ ९ जना निरीक्षक डीएसपी पदमा सिफारिस भएका छन् । सिफारिस हुनेहरूमा डा. अमित कुमार ठाकुर, डा. ऋतुराज बराल, डा. एलिना श्रेष्ठ, डा. प्रभाकर श्रेष्ठ, डा. रमन घिमिरे, डा. महादेव देउजा, डा. संजिव कुमार यादव, डा. सुवास चन्द्र गौतम र डा. रजनी महर्जन रहेका छन् ।

यस्तै, नर्सिङ उपसमूहतर्फ नेपाल प्रहरी अस्पताल नर्सिङ विभागमा कार्यरत निरीक्षक निरूषा महर्जन डीएसपी पदका लागि सिफारिस भएकी छन् ।

इन्जिनियरिङ तथा सूचना प्रविधि–कम्प्युटर उपसमूहतर्फ बेचन कुमार यादव, सन्दीप कार्की, जयप्रकाश सिंह, सत्येन्द्र कुमार मिश्र र कृष्णनाथलाई बढुवाका लागि सिफारिस गरिएको छ ।

विधिविज्ञान उपसमूहतर्फ नेपाल प्रदेश प्रहरी कार्यालय, विधिविज्ञान इकाई पोखरामा कार्यरत यमलाल बस्नेत डीएसपी पदका लागि सिफारिस भएका छन् ।

 

प्रतिकृया दिनुहोस