एमालेद्वारा २९९ केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर, ‘मिसन पार्टी जागरण’लाई तीव्रता दिने तयारी
काठमाडौं । नेकपा (एमाले) ले पार्टीका २९९ केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र तथा जिम्मेवारी निर्धारण गर्दै संगठन सुदृढीकरण अभियानलाई नयाँ ढंगले अघि बढाउने निर्णय गरेको छ।
पार्टीले हालै जारी गरेको ‘अन्तर पार्टी निर्देशन–२’ मार्फत केन्द्र, प्रदेश, जिल्ला तथा पालिका तहसम्म नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको हो। एमालेले यसलाई आगामी निर्वाचनको तयारी र संगठन विस्तारसँग जोडेर ‘मिसन पार्टी जागरण’ अभियानलाई प्रभावकारी बनाउने रणनीतिका रूपमा अघि सारेको जनाएको छ।
निर्देशनअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली ले समग्र पार्टी गतिविधिको नेतृत्व तथा समन्वय गर्ने जिम्मेवारी सम्हाल्नेछन्। यस्तै, उपाध्यक्षहरूलाई विभिन्न विभाग तथा भौगोलिक क्षेत्रको समन्वयको जिम्मेवारी तोकिएको छ।
कार्य विभाजनअनुसार महासचिव शंकर पोखरेल लाई संगठनात्मक कामको समग्र संयोजनका साथै केन्द्रीय कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ।
एमालेले नेतृत्व तहदेखि केन्द्रीय सदस्यसम्मको स्पष्ट जिम्मेवारी निर्धारणले पार्टीका कार्यक्रमलाई तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा आगामी राजनीतिक कार्यक्रमलाई लक्षित गर्दै जिम्मेवारी बाँडफाँट गरिएको जनाएको छ।
कसको के जिम्मेवारी हेर्न यो लिंक क्लिक गर्नुहोस ।


प्रतिकृया दिनुहोस