• २९ असोज २०८३, बिहीबार
  • Thursday,15 October,2026

प्रधानमन्त्रीको अभिव्यक्ति नियोजित हो कि जिब्रो चिप्लियो?

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपालको इतिहासमा बालेन्द्र जस्ता 'निम्छरो' प्रधानमन्त्री विगतमा कोही थिएनन्, न त भविष्यमा नै हुनेछन्। किनभने नेपाल देश भूगोलको हिसाबले सानो भए पनि शासकको हिसाबले भने नेपाल दक्षिण एसियाकै अब्बल देश हो। नेपाललाई विभिन्न मुलुकहरूले मिलेर पनि इतिहासमा कसैले हल्लाउन सकेको छैन, छुन पनि सकेको छैन। यसको कारण नेपालका अब्बल शासक नै हुन्।

एक वर्ष पनि भएको छैन, चीनमा नेपालले कालापानी–लिपुलेक हाम्रो हो भनेर स्पष्ट रूपमा भनेको थियो। केही वर्ष अघि मात्र नेपालले भारतलाई च्यालेन्ज नै गरेको थियो—कालापानी, लिपुलेक नेपालको अभिन्न अंग हो, नचलाउनुस्। त्यतिबेला भारत र चीनलाई च्यालेन्ज गर्ने प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भारत जहिले पनि आतंकित हुने गरेको थियो, कारण उहाँको बौद्धिकता र टिमको कूटनीति। उहाँकै कार्यकालमा नाकाबन्दीको डटेर सामना गरिएको थियो र भारतद्वारा मिचिएको भू–भाग (लिपुलेक, कालापानी) विषयमा स्पष्ट अडान लिइएको थियो। कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा नै जारी गरिएको थियो।

राणा शासनमा पनि नेपालले बलियो प्रधानमन्त्री पाएको थियो, राजतन्त्रमा पनि बलियो प्रधानमन्त्री पाएको थियो। त्यसपछि पनि नेपालले निरन्तर बलियो नेतृत्व पाउँदै आएको छ। तर अहिले नेपालले कमजोर (निम्छरो) प्रधानमन्त्री पाएको छ, 'वेकेम्ब' प्रकारको प्रधानमन्त्री पाएको छ।

विश्वमा कुनै पनि देशका प्रधानमन्त्रीले आफ्नो देशले अरु देशको भूभाग मिचेको वा अतिक्रमण गरेको भनेर सार्वजनिक रूपमा बताउँदैनन्, झन् रोष्ट्रममा उभिएर त परै जाओस्। तर अहिले नेपालको प्रधानमन्त्री बालेन्द्र शाहले रोष्ट्रममै उभिएर नेपालले पनि भारतको धेरै भूभाग मिचेको छ भनेर भन्नुभएको छ। यसरी रोष्ट्रममै प्रधानमन्त्रीले यस्तो कुरा बोल्दा प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले कुनै प्रतिक्रिया दिनुभएन, उहाँ पनि निष्क्रिय प्रमाणित हुनुभयो।

आजै रास्वपाकी सांसद आसिका तामाङले पनि संसदको गरिमा उल्लङ्घन हुने हर्कत गर्नुभयो, तर पनि सभामुख चुप रहनुभयो। यसले सभामुखले निष्पक्षतामा केही कमजोरी देखाएको स्पष्ट हुन्छ।

भारतले नेपालले भारतको भूमि मिचेको भनेको छैन, तर नेपालको प्रधानमन्त्रीले नै नेपालले भारतको भूमि मिच्यो भनेर भन्नुभएको छ। भारतले नेपालको धेरै भूभाग मिचेको छ, विगतमा विभिन्न सन्धिका नाममा धेरै भूभाग मिचिएको छ। अहिले पनि कालापानी–लिपुलेक खुलेआम मिचिएको छ। किसानहरूले पनि भारतले भूमि मिचेको भनेर भनिरहेका छन्। तर यस्तो अवस्थामा आफ्नो भूभागको विषयमा बोल्नुको सट्टा उल्टै नेपालले पनि भारतको भूमि मिचेको छ भन्नु गम्भीर कुरा हो। यस्तो अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी मात्र मागेर हुँदैन, नेपाल आमा र सम्पूर्ण नेपालीसँग माफी मागेर प्रधानमन्त्री पदबाट राजीनामा नै दिनुपर्छ।

यस प्रसंगलाई रवि लामिछानेसँग जोड्दा

आज प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई रवि लामिछानेसँग जोड्न आजको दिनमा उचित हुन्छ, किनभने जुन पार्टीबाट बालेन्द्र प्रधानमन्त्री भएका छन्, जुन पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री स्वयम् छन् भने सो पार्टीको सभापतिलाई पनि यस प्रकरणमा जोड्दा उचित नै हुन्छ।

अब केही दिनपछि रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण हुँदैछ। उहाँको यो भ्रमण सामान्य होइन। नेपालको करिब दुई तिहाइ सिट संख्या प्राप्त दलको सभापतिको रूपमा हुने भारत भ्रमण हो। रवि लामिछानेको भारत भ्रमणबाट भारतले नेपाललाई हेर्ने नीति तय हुन्छ, त्यसैले यो भ्रमण अत्यन्त महत्वपूर्ण मानिन्छ।

रवि लामिछाने भारत भ्रमणमा जान लाग्नु र प्रधानमन्त्री बालेन्द्रको आजको अभिव्यक्तिले केही दिनपछि हुने उक्त भ्रमणलाई कमजोर बनाएको छ। प्रधानमन्त्रीकै कारण रवि लामिछाने भारतमा मोदीको अगाडि निरीह हुने निश्चित जस्तै देखिन्छ। त्यसैले आजको प्रधानमन्त्रीको अभिव्यक्तिबाट माफी मागेर मात्र पुग्दैन, राजीनामा नै दिनुपर्छ।

प्रधानमन्त्रीको भनाइ नियोजित थियो कि जिब्रो चिप्लियो?

आजको संसदमा प्रधानमन्त्रीको भनाइ नियोजित नै भएको मान्न सकिन्छ। किनभने उनले बोल्नासाथ सोही रोष्ट्रमबाट माफी माग्न सक्थे। तर उनले त्यसो गरेनन्। कसैले ध्यानाकर्षण नगराएको भए पनि एउटा कुरा हो, तर विभिन्न व्यक्तिहरूले ध्यानाकर्षण गराउँदा पनि प्रधानमन्त्रीले माफी मागेनन्।

अनि हालका सभामुख डीपी अर्याल पनि यस विषयमा मौन रहनुभयो। उहाँले पनि आवश्यक रुलिङ गर्नुपर्ने थियो, तर उहाँबाट पनि कुनै पहल भएन। यसले सम्बन्धित निकायहरू निष्क्रिय देखिएको स्पष्ट हुन्छ।  यसबाट पनि  के प्रष्ट हुन्छ भन प्रधानमन्त्रीको अभिव्यक्ति रास्वपा पार्टीमा र सभामुख सँग सल्लाह गरेर नै आएको हो ।  त्यसैले यस पक्ररणमा सभामुख डीपी अर्यालाई पनि  निम्छरो सब्द नै उपयुक्त हुन अउँछ किनभने । आज प्रधानमन्त्रीका अभिव्यक्ति आउन साथ उनले जे गर्नु पर्ने थियो त्यो गर्नुभएन । 

यसरी हेर्दा प्रधानमन्त्रीको अभिव्यक्ति जिब्रो चिप्लिएको नभई नियोजित रूपमा आएको हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ। त्यसैले यस विषयमा गम्भीर समीक्षा आवश्यक छ।

समग्रमा भन्दा आजको संसदमा प्रधानमन्त्रीको अभिव्यक्ति माफीयोग्य मात्र नभई, उहाँले राजीनामा नै दिनुपर्ने खालको देखिन्छ।

प्रतिकृया दिनुहोस
↑