• ३० असोज २०८३, शुक्रबार
  • Friday,16 October,2026

भाजपा अध्यक्षको निमन्त्रणामा रवि लामिछाने भारत प्रस्थान

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार पाँचदिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्।

रास्वपाका अनुसार लामिछाने भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन्। भ्रमणका क्रममा उहाँले  विभिन्न राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।

पार्टी प्रवक्ता मनिष झाले आइतबार जारी गरेको विज्ञप्तिमार्फत भ्रमणबारे जानकारी दिएका थिए। भ्रमण अवधिमा लामिछानेले भारतीय राजनीतिक नेतृत्वका साथै अन्य सरोकारवालासँग समेत भेटघाट गर्ने कार्यतालिका रहेको जनाइएको छ।

रास्वपाका सभापति लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

प्रतिकृया दिनुहोस
↑