एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सम्बोधन, सदस्यता विस्तारमा जोड
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममार्फत पार्टी गतिविधिमा सहभागी हुुनुहुने भएकाे छ ।
एमाले केन्द्रीय संगठन विभागले आयोजना गर्न लागेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन अध्यक्ष ओलीले गर्ने कार्यक्रम तय भएको छ। पार्टी प्रचार विभाग प्रमुख Niraj Acharyaका अनुसार कार्यशाला जेठ २० र २१ गते काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा सञ्चालन हुनेछ।
जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुने कार्यशालामा पार्टीको सदस्यता व्यवस्थापन, विस्तार अभियान, नवीकरण प्रक्रिया तथा संगठन सुदृढीकरणका विषयमा केन्द्रित छलफल हुने जनाइएको छ।
एमालेले सांगठनिक संरचनालाई थप प्रभावकारी र गतिशील बनाउने उद्देश्यसहित कार्यशालाको आयोजना गरेको जनाएको छ। कार्यक्रममा प्रदेश तथा जिल्ला तहका इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला अध्यक्ष, संगठन विभाग प्रमुख तथा विभिन्न जनसंगठनका नेतृत्वकर्ताको सहभागिता रहनेछ।
कार्यशालामार्फत पार्टीको भावी संगठनात्मक रणनीति, सदस्यता विस्तार अभियान र संगठन सुदृढीकरणसम्बन्धी योजनाबारे अभिमुखीकरण गरिने एमालेको तयारी छ।


प्रतिकृया दिनुहोस