• २८ असोज २०८३, बुधबार
  • Wednesday,14 October,2026

जाग्याे खन-काठमाडाैं सेवा समाज, ज्येष्ठ नागरिकदेखि राष्ट्रसेवकलाई सम्मान

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । खन-काठमाडाैं सेवा समाजले ज्येष्ठ नागरिक, राष्ट्रसेवक कर्मचारी लगायतलाई सम्मान गरेकाे छ ।

गाैशालास्थित बद्रीनाथ होटलमा शनिबार आयोजित कार्यक्रममा समाजले अर्घाखाँचीकाे मालारानी-४ खनमा जन्मिएर गाउँकाे विकासमा याेगदान पुर्‍याएका ज्येष्ठ नागरिक लगायतलाई सम्मान गरेकाे हाे ।

आफ्नाे थलाे खनसँगै देशकाे इतिहास, परम्परा  र संस्कृतिलाई जीवन्त राख्न पुर्‍याएकाे याेगदानकाे कदर गर्दै १३ जना ज्येष्ठ नागरिकलाई दोसल्ला र सम्मानपत्रसाथ सम्मान गरिएकाे थियाे । सम्मानित हुनेमा रुद्रप्रसाद घिमिरे, शान्ता खनाल, बालकुमारी खनाल, भक्तिप्रसाद खनाल, ढुनिराम खनाल, हरिप्रसाद खनाल, हुमकला रिजाल, इन्द्राकुमारी घिमिरे, ईश्वरीप्रसाद खनाल, खुमकला खनाल, रेनुका खनाल, रुद्रदेवी खनाल र रुद्रकला खनाल हुनुहुन्छ ।

कार्यक्रममा हालै भौतिकशास्त्रमा विद्यावारिधी हासिल गर्नुभएका डा. मदन खनाल, राष्ट्रसेवामा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारका उपसचिवहरू भेषराज खनाल, तेजबहादुर खनाल र वासुदेव खनाललाई सम्मान गरिएकाे थियाे । नेपाल आयल निगमकी निर्देशक निर्मला आचार्य र नेपाल प्रहरीका खिमप्रसाद खनाललाई पनि कार्यक्रममा सम्मान गरिएकाे थियाे ।

हालै सार्वजनिक एसईई परीक्षाकाे नतिजामा मालारानी-४ बाट उत्कृष्ट अंक ल्याएका विद्यार्थीद्वय समृद्धि खनाल (कालिका नेरा उमावि) र विष्णु विश्वकर्मा (किरण मावि) लाई पनि समाजले सम्मान गरेकाे थियाे । मालारानी-४ मा जन्मिएर लाेक संगीतमा याेगदान गर्नुभएकी लाेकगायिका जमुना सनमलाई पनि कार्यक्रममा सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा नेपाल सरकारका पूर्व उपसचिव डिल्ली घिमिरे, ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश पुनाराम खनाल, राजनीतिज्ञ धर्म खनाल लगायतले समाजलाई सक्रिय बनाएर खनकाे विकासमा परिचालन गर्नुपर्नेमा जाेड दिनुभएकाे थियाे । त्यसका लागि जुनसुकै सहयाेग गर्न आफूहरु तयार रहेकाे प्रतिबद्धता पनि उहाँहरुले जनाउनुभएकाे थियाे ।

स्थापनाका केही वर्ष सक्रिय रहेकाे समाज बीचमा निश्क्रिय रहेर अहिले फेरि जागेकाे हाे ।

संस्थाका अध्यक्ष खिमप्रसाद घिमिरेले संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो जन्मथलोकाे महिमा अपरम्पार हुने बताउनुभयाे । समाजलाई सक्रिय बनाएर आगामी पुस्तालाई इतिहास, याेगदान र संस्कृति बुझाउनुपर्ने भन्दै उहाँले समाजलाई सक्रिय बनाइराख्न सबैकाे सहयाेग चाहिने बनाउनुभयाे । यसका लागि सहयाेग गर्न अध्यक्ष घिमिरेले सबैसँग अपिल पनि गर्नुभयाे ।

प्रतिकृया दिनुहोस
↑