• २८ असोज २०८३, बुधबार
  • Wednesday,14 October,2026

पर्सामा १०० किलो गाँजा बरामद

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोक क्षेत्रबाट प्रहरीले करिब १०० किलोग्राम गाँजा बरामद गरेको छ।

आइतबार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले खेतमा लुकाइ राखिएको अवस्थामा पाँच बोरामा रहेको गाँजा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार बरामद गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।

प्रहरीका अनुसार गाँजा कसले लुकाएर राखेको हो भन्ने विषय खुल्न सकेको छैन। घटनामा संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस
↑