• २७ असोज २०८३, मंगलबार
  • Tuesday,13 October,2026

सरकारका गतिविधिमाथि कांग्रेसको निगरानी बढ्ने, सदनमा जनचासोका विषय सशक्त रूपमा उठाइने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । नेपाली कांग्रेसले सरकारको हालसम्मको कार्यसम्पादनको समीक्षा गर्दै संसद्मार्फत जनसरोकारका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सम्पन्न संसदीय दल कार्यसमितिको बैठकले सरकारका गतिविधिबारे व्यापक छलफल गरेको थियो। बैठकले जनजीविका, सुशासन र राष्ट्रिय महत्वका विषयलाई प्राथमिकताका साथ संसद्मा उठाउने निष्कर्ष निकालेको जनाएको छ।

बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद्मा उठाइने विषय र पार्टीका धारणा एकरूप बनाउन संसदीय दल तथा पार्टी संयन्त्रबीच थप समन्वय गर्ने विषयमा छलफल भएको बताउनुभयाे । 

उहाँले जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरूलाई कांग्रेसले निरन्तर रूपमा सदनमा उठाउँदै आएको उल्लेख गर्दै सरकार ती विषयप्रति अपेक्षित रूपमा संवेदनशील नदेखिएको टिप्पणी गर्नुभयाे । सरकारका कमीकमजोरीबारे लोकतान्त्रिक ढंगले खबरदारी जारी रहने उहाँको भनाइ थियो।

महामन्त्री पौडेलका अनुसार विभिन्न मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कन गर्न पार्टीका नेताहरूलाई जिम्मेवारी तोकिएको छ। उनले सरकार गठन भएको सय दिन नाघिसक्दा पनि जनताले अनुभूति गर्ने खालका उल्लेखनीय उपलब्धि देखिन नसकेको धारणा व्यक्त गर्नुभयाे । 

प्रतिकृया दिनुहोस
↑