सर्लाहीमा आत्मदाह प्रयास : गम्भीर घाइते युवकलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो
सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। गम्भीर रूपमा घाइते भएका उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–का २५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनामा उनी गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार मण्डल घरबाट करिब २ सय मिटर टाढा पुगेपछि आत्मदाहको प्रयास गरेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा घरपरिवारसँगको विवादपछि उनले यस्तो कदम चालेको खुलेको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उनको उद्धार गरिएको थियो। उपचारका क्रममा अवस्था गम्भीर देखिएपछि केहीबेरअघि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
लोकप्रिय
सम्बन्धित खवर
-
तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह
-
ब्रड पिक हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुखद् अन्त्य : महासचिव पोखरेल
-
शैक्षिक परामर्श नियमावलीमा व्यवसायीको मिश्रित प्रतिक्रिया, व्यावहारिक संशोधनको माग
-
२५ लाख रुपैयाँ धरौटीको व्यवस्था पुनरावलोकन गर्न माग, सरकारले बेवास्ता गरे चरणबद्ध आन्दोलन गर्ने घोषणा


प्रतिकृया दिनुहोस