तातोपानी र रसुवागढी नाका खोल्ने सरकारकाे निर्णय
काठमाडौं । सरकारले चीनसँग जोडिएका नाका खुलाउने भएको छ ।
कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समिति बैठकले रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको हो । ती दुवै नाका गत माघ १५ देखि बन्द थिए ।
मालसामान आयात निर्यात सुचारु गर्नका लागि ती नाका खुलाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार पारेको प्रोटोकल अनुसार नाका खोल्ने निर्णय गरिएको समितिले जनाएको छ ।
कोरोना रोक्नका लागि सामान आयात निर्यात बाहेक भारत र चीनसँगका नाका एक साताका लागि बन्द गरिसकेको छ सरकारले । बैठकले ठूला खाद्य स्टोर तथा पसलहरुले आवश्यक खाद्यवस्तुहरु होम डेलिभरी गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरेकाे छ ।
समितिले इन्डक्सन चुल्होमा प्रोत्साहन गर्न भन्सार महसुल छुट दिने व्यवस्था मिलाउने निर्णय पनि गरेकाे छ । लकडाउनका कारण उद्याेगहरु बन्द भएपछि विद्युत खपत भएकाे नेपाल विद्युत प्राधिकरणले वुत्धबार जानकारी दिएकाे थियाे । लकडाउनका बेला विद्युतीय माध्यमलाई प्रयाेग गर्न सकिने सरकारले बताउँदै अाएकाे छ ।
सरकारले काेराेना जाेखिम राेक्न उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वमा समिति बनाएर काम गरिरहेकाे छ ।
कोरोना डरका कारण उपप्रधानमन्त्री पोखरेलले रक्षा मन्त्रालय परिषर पुतली बगैंचाबाट पाल टाँगेर कार्यालय बनाएका छन् । उनले साेही बगैँचाबाट कार्यसम्पादन गर्न थालेका छन् ।


प्रतिकृया दिनुहोस