किरणले दिए ओली सरकारलाई सयमा ९९ अंक
काठमाडौं । ‘वाल्यकालमा स्कूल पढ्दा हामी चिनियाँ पत्रिका देख्थ्यौं । त्यसमा चीनमा सर्वत्र विकास निर्माण भइरहेको तस्विर हुन्थ्यो’– युवा संघका नेता किरण पौडेलले भने– ‘अहिले नेपालमा त्यसरी नै विकास निर्माणका काम भइरहेको छ तर मिडियाहरु त्यस्ता कामको प्रचार गर्दैनन्, नकारात्मक कामको मात्र प्रचार गर्छन् ।’
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले दुईचार दिनका लागि नभएर दुई चार दशकका लागि विधि र प्रणाली बनाउने काम गरिरहेको युवा संघका नेता किरणले बताएका छन् ।
सनराइज खबरले चलाइरहेको ‘यो सरकार कस्तो लाग्यो ?’ श्रृङखलामा टेकेन्द्र बुढाथोकीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले फिल्ममा जसरी या जादूको छडी जसरी काम गर्ने होइन, विधि र प्रकृयाले काम गर्ने हो भने । किरणले भने– ‘प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र प्रकृया निर्माण गरिरहनुभएको छ ।‘
सरकार तिब्र गतिमा अगाडि बढिरहेको बताउँदै किरणले सरकारले सन्तुलित परराष्ट्र नीति अपनाइरहेको, देशभित्र विकासको बातावरण बनाएको बताए । प्रधानमन्त्री ओलीले अहिले गरिरहेको कामलाई उनले ‘देश निर्माणको फेज–२’ भने । ओली पहिलो पटक प्रधानमन्त्री बनेको कार्यकालको यो दोस्रो फेज भएको उनले बताए ।
सनराइज खबर संवाददाता टेकेन्द्रले किरणसँग सरकारले गरेका राम्रा काम र नराम्रा पक्षहरु केही छन् भनी प्रश्न गरेका थिए ।
औधोगिकरणका लागि अहिलेसम्म कुनै सरकारले नगरेको काम यो सरकारले गरेको, गाउँगाउाँमा औधोगिक जनशक्ति निर्माणका लागि सीप विकास कार्यक्रम अघि बढाइएकाे, सामाजिक सुरक्षा कार्यक्रम चलाइएको र यी सबै कार्यक्रम अन्तरसम्बन्धित रहेको उनले बताए ।
यो सरकारले नराम्रो काम के गरेको छ ? यो प्रश्नको जवाफमा किरणले भने– ‘छातीमा हात राखेर भन्न सक्छु, दुई सय प्रतिशत ठोकुवा गरेर भन्न सक्छु– यो सरकारले नराम्रो काम केही पनि गरेको छैन ।’
यो सरकारको पन्ध्र महिने कार्यकाललाई तपाईं कति अंक दिनुहुन्छ ? टेकेन्द्रको प्रश्नमा किरणको जवाफ यस्तो छ– ‘९९ अंक दिन्छु ।’
लोकप्रिय
सम्बन्धित खवर
-
नेपालको राजनीति अहिले फरक कोर्सबाट अघि बढेको छ, संविधान संशोधन गरेरै जानुपर्छ : वर्षमान पुन
-
राष्ट्रिय सभा आदिवासी जनजातिमैत्री छैन ः राम बहादुर थापा मगर
-
पहिचानकाे आधारमा नामकरण गरेमा मात्र केही हुँदैन, प्राप्त उपलब्धी उपयोग गरौं: ओम घर्तीमगर
-
जलवायु परिवर्तनले माटोको अवस्था कमजोर बनाउँदै लगेको छ: गणेश पौडेल


प्रतिकृया दिनुहोस