• २७ असोज २०८३, मंगलबार
  • Tuesday,13 October,2026

रामप्रसाद राई गाउँपालिकाले भलिबल प्रतियोगिता गराउने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता


भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका बैकुण्ठैले वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । 

गाउँपालिकाको खेलकुद विकास समितिले वडास्तरीय भलिबलका साथै बुद्धिचाल समेत खेलाउन लागेको समिति अध्यक्ष सुशील कार्कीले बताए । प्रतियोगिता असार १३ गते देखि १५ गतेसम्म सञ्चालन हुने छ । 

भलिबल प्रतियोगितामा १० जनाले भाग लिन पाउने छन् भने बुद्धिचालका लागि एक वडाबाट दुई जनाले सहभागिता जनाउन पाउने छन् । 

पुरुष भलिबलतर्फ प्रथम हुने टिमले नगद २५ हजार, दोस्रो हुनेले १७ हजार र तेस्रो हुनेले १० हजारका साथै मेडल र प्रमाण पत्र पाउने छन् भने महिला भलिबलतर्फ क्रमशः प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशः नगद २० हजार, १३ हजार र १० हजारका साथै मेडल र प्रमाण पत्र पाउने समितिका अध्यक्ष कार्कीले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस
↑