• २४ असोज २०८३, शनिबार
  • Saturday,10 October,2026

दमकमा कोभिड संक्रमित ८८१ पुगे, २४४ संक्रमण मुक्त

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । झापाको दमक नगरपालिकामा गत चैत २५ गते यता कोभिड संक्रमित हुनेको संख्या ८ सय ८१ पुगेको छ । संक्रमित हुनेमा ४ सय ९० पुरुष र ३ सय ९१ जना महिला छन् ।

दमक नगरपालिकाले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी कोभिड संक्रमित र उपचारमा भइरहेको प्रगतिको बारेमा जानकारी दिएको छ । नगरपालिकाले दिएको जानकारी अनुसार संक्रमित मध्ये २ सय ४४ जना निको भएका छन् । संक्रमणबाट आठ पुरुष र ६ महिला गरी १४ जनाको ज्यान गएको छ ।

अहिले सक्रिय संक्रमित ६ सय २३ मध्ये २ सय ८५ महिला छन् । नगरपालिकालाई यस बीचमा दाताबाट दुई थान अक्सिजन शिलिण्डर र केही उपकरण प्राप्त भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

अहिले ९२ जना संक्रमित विभन्न अस्पतालमा उपचार गराइरहेको नगरपालिकाले जनाएको छ । जसमध्ये दमक अस्पतालको कोभिड उपचार केन्द्रमा २३ जना, आम्दा अस्पतालमा २९, लाइफ लाइन अस्पतालमा १९ र एड्भान्स अस्पतालमा २१ जना बिरामी छन् ।

नगरपालिकाले कसैलाई कोभिडका लक्षण देखिएमा स्वास्थ्यकर्मी, स्वास्थ्य शाखा तथा अस्पतालका नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ । कोभिड संक्रमणको दर अझ बढ्दै गएकोले निषेधाज्ञाको कडाइका साथ पालना गर्न नगरपालिकाले अपिल गरेको छ ।

नगरपालिका उपप्रमुख गीता अधिकारीद्वार जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि आह्वान गरिएको छ ।

 

प्रतिकृया दिनुहोस
↑