चार सातापछि संक्रमणदर घट्न सक्छ - हृदयेश त्रिपाठी
काठमाडाैं । सरकारले अबकाे ४ सातापछि काेभिड-१९ संक्रमणदर कम हुँदै जान सक्ने बताएकाे छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सोमबार पत्रकार सम्मेलन गरेर अबकाे ४ सातापछि संक्रमणदर घट्ने बताउनुभयाे । कोभिड संक्रमणकाे पछिल्लो अवस्थाबारे जानकारी गराउने क्रममा उहाँले साे कुरा बताउनुभएकाे हाे ।
अहिले काठमाडाैं उपत्यकासहित देशका केही ठाउँमा संक्रमणदर केही घटेपनि अपेक्षा गरिएअनुसार नियन्त्रणमा नआएको उहाँले बताउनुभयाे । संक्रमित थपिने क्रम जारी नै रहेकाे उहाँले बताउनुभयाे । निषेधाज्ञाका बाबजुद पनि कतिपय सेवाहरु सूचारु भइरहेको अवस्थामा संक्रमण अपेक्षाकृत नियन्त्रणमा नआएको मन्त्री त्रिपाठीले जानकारी दिनुभयाे ।
काेभिडकाे उपचारका लागि विभिन्न देश र निकायबाट सहयाेग प्राप्त भएकाे उहाँले बताउनुभयाे । मन्त्री त्रिपाठीले हालसम्म ४५ अस्पतालसँग संक्रमितकाे उपचारका लागि उपचारका लागि सम्झौता गरिसकेकाे र ती अस्पतालमा उपचार निशुल्क भइरहेकाे पनि उहाँले बताउनुभयाे ।
काेभिड संकट सम्बन्धी अध्यादेश जारी गरेर सरकारले काम गरिरहेकाे उहाँले बताउनुभयाे । स्वास्थ्य संकटकाल लगाउने विषयमा प्राप्त भएका सुझावहरुलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको उहाँले बताउनुभयाे । कोभिडमा भएका खर्चहरुको विवरण सरकारले श्वेतपत्र जारी गरी सार्वजनिक गर्ने पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयाे ।


प्रतिकृया दिनुहोस