२४ घण्टामा ७४२५ मा कोभिड संक्रमण, ७१३५ संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा सात हजार चार सय २५ जनामा कोभिड संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा सात हजार दुई सय २० र एन्टिजेन परीक्षण गर्दा दुई सय पाँच जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २० हजार चार सय ५३ जनामा परीक्षण गरिएको थियो । योसँगै हालसम्म संक्रमित हुनेको संख्या पाँच लाख २० हजार चार सय ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा सात हजार एक सय ३५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या तीन लाख ९८ हजार चार सय ८३ पुगेको छ ।
गत २४ घण्टामा कोभिडबाट एक सय ८५ जनाको ज्यान गएको छ ।
यससँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ हजार पाँच सय ३१ पुगेको छ ।


प्रतिकृया दिनुहोस