• २५ असोज २०८३, आइतबार
  • Sunday,11 October,2026

काठमाडौं महानगरले आजदेखि बृहत कोभिड परीक्षण थाल्दै (हेर्नुस् तालिका)

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडाैं महानगरपालिकाले आजदेखि एन्टिजेन विधिबाट काेभिड-१९ परीक्षण थाल्दै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले महानगरका ठाउँ-ठाउँमा एन्टिजेन परीक्षण थाल्न लागेकाे हाे । आजदेखि जेठ १८ गतेसम्म बृहत काेभिड परीक्षण गरिने काठमाडौं महानगरले जनाएकाे छ ।

समुदायमा संक्रमण फैलिए-नफैलिएकाे थाहा पाउन एन्टिजेन परीक्षण गर्न थालिएकाे महानगरले जनाएकाे छ । कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका लगायत सबैलाई लक्षित वर्ग मानेर परीक्षण गरिनेछ ।

महानगरले परीक्षण तालिका समेत प्रकाशित गरेकाे हाे । हरेक केन्द्रमा संयाेजक ताेकिएकाे छ । साे अवधिमा ताेकिएका केन्द्रमा बिहान १० देखि दिउँसाे १ बजेसम्म र दिउँसाे २ बजेदेखि साँझ ५ बजेसम्म दुई सिफ्टमा काेभिड परीक्षण गरिने महानगरले जनाएकाे छ । परीक्षण रिपाेर्ट तत्काल आउने र पाेजेटिभ देखिएकालाई आइसाेलेशनमा राखिने महानगरले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस
↑