थप पाँच संक्रमितको गयाे ज्यान
राँझा । बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच संक्रमितको उपचारको क्रममा ज्यान गएको छ ।
ज्यान गमाउनेमा बाँकेका दुई र बाहिरी जिल्लाका तीनजना रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्दका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरुष, लमजुङ मध्यनेपाल नगरपालिका–४ का ३१ वर्षीय पुरुष र कैलाली घोडाघोडी नगरपालिका–१ का ४० वर्षीया महिलाको मृत्यु भएको छ ।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके राप्ती सोनारी गाउँपालिका–७ का ५० वर्षीया महिला र दाङ तुलसीपुर उपमहानगरपालिका–७ का ८३ वर्षीय पुरुषको पनि उपचारको क्रममा गएराती ज्यान भएको छ ।
योसँगै बाँकका दुई सय ९१ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका दुई सय ८६ जनाको ज्यान गएको स्रोत व्यक्ति वलीले बताउनुभयो ।
–रासस


प्रतिकृया दिनुहोस