• २५ असोज २०८३, आइतबार
  • Sunday,11 October,2026

२४ घण्टामा ६४९१ संक्रमित निकाे भए, ४१७८ थपिए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । गत २४ घण्टामा थप ४ हजार ७ सय ६२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर १५ हजार ५५ काे पीसीआर गर्दा ४ हजार १ सय ७८ र २ हजार ४ सय २५ काे एन्टिजेन परीक्षण गर्दा ५ सय ८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याेसँगै नेपालमा काेभिड संक्रमितकाे संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ । तीमध्ये ४ लाख ४७ हजार ४ सय ४६ जना निकाे भएका छन् । गत २४ घण्टामा ६ हजार ४ सय ९१ जना संक्रमण मुक्त भएका छन् ।

गत २४ घण्टामा थप १ सय १४ जना संक्रमितकाे ज्यान गएकाे छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ३ सय ८६ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७० पुगेको छ । देशभर ६ सय ८९ जना क्वारेन्टिनमा छन् ।

प्रतिकृया दिनुहोस
↑