• २५ असोज २०८३, आइतबार
  • Sunday,11 October,2026

संक्रमणबाट त्रिविका २३ जना कर्मचारीको निधन

समाचार

समाचार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले  कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ । 

त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सङ्क्रमणका कारण ११ शिक्षक र १२ कर्मचारीको निधन भएको बताउनुभयो । सहप्राध्यापकद्वय किशोर महर्जन र डा. शेरजंग खड्का, उपप्राध्यापकमा शंकर सुवेदी, विनय प्रसाई, दिपक मैनाली, निमा शेर्पा र उमेश यादव, शिक्षण सहायकमा धर्मेन्द्र महर्जन र डोलबहादुर भण्डारी तथा आंशिक  शिक्षकमा मनोज चौरसिया र नविन कर्णको संक्रमणका कारणले निधन भएको  छ ।

त्रिविले अहिलेसम्म ६ सय १६ जना शिक्षक, कर्मचारी संक्रमित भएको जनाएको छ । त्रिविले संक्रमणको दोस्रो लहर सुरु भएपछि सबै परीक्षा स्थगन गरेको छ । संक्रमणका कारण त्रिविका ७९ शिक्षण इकाइले पूर्ण रुपमा र ३० वटा निकायले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेको महाशाखा प्रमुख दाहालले जानकारी दिनुभयो । आंक्षिक अनलाइन कक्षा सञ्चालन भएकोमध्ये ९० प्रतिशतभन्दा बढी निकायमा ५० प्रतिशत भन्दा बढी कक्षा भइरहेका छन् । 

त्रिविले चार वटा निकायमा अनलाइन कक्षा सञ्चालनको तयारीमा रहेको छ । 

-रासस

प्रतिकृया दिनुहोस
↑