सुजुकीका करुण : जसले पूरा गरे बाल्यकालीन सपना
काठमाडौं । करुण शाक्य ललितपुरको आईजे पायोनियर स्कुल पढ्थे । त्यसबेला म्यागजिनको युग थियो । पत्रिका पसलमा झिलीमिली म्यागजिन झुण्डाइएका हुन्थे । उनी विभिन्न म्यागजिनमा आँखा डुलाउँथे । तर, जतिवटा म्यागजिनमा आँखा र हात डुलाए पनि अन्तिममा चाहिँ किन्थे– अटो सम्बन्धी म्यागजिन ।
त्यसबेला नेपालमा विदेशबाट आउने अटोका सबैजसो म्यागजिन करुणले बटुलेका थिए । त्यसबेला अहिलेजस्तो इन्टरनेट सुलभ थिएन, म्यागजिनमा मोटर, बाइक र प्लेनहरु हेरेर आनन्द लिनुपर्थ्याे । उनको कोठाभरी म्यागजिन हुन्थ्यो ।
उनै करुण भेटिए काठमाडौंको भृकुटी मण्डपमा भएको नाडा अटो शोमा ।
उनी एउटा टिमसँग व्यस्त थिए । प्रदर्शनीको एउटा कक्षमा सेतो टिशर्ट लगाएका उत्साही युवायुवतीको टिम काममा व्यस्त थियो । उनीहरुको टिशर्टमा लेखिएको थियो– सुजुकी ।
छरिता र फुर्तिला ती युवायुवती थिए– सुजुकीको मार्केटिङ टिम । यो टिमको अगुवाई गर्छन् करुण शाक्यले ।
(2).jpg)
करुण ललितपुरका हुन् । १४ वर्षदेखि अटोमोबाइल सेक्टरमा छन् । यो टिमसँग उनी चार वर्षदेखि गासिएका छन् । भन्छन्– ‘सुजुकी नेपालको नम्बर वान ब्राण्ड हो । यो ब्राण्डसँग गासिन पाउँदा हामी सबै गर्व गर्छाैं ।’
अटोमोवाइल क्षेत्रकाे लामाे अनुभवले उनलाई आकर्षक जिम्मेवारी दिएको छ । अहिले उनी सीजी मोटो कर्पको मार्केटिङ र कम्युनिकेशन हेर्छन् ।
सुजुकीको यो टिमसँग झिमिक्क गर्दा मेरो चार वर्ष बितेको छ’– करुण भन्छन्– ‘पहिले मैले यामाहा, हुन्डाईमा पनि काम गरें । तर, सुजुकी भनेको सुजुकी नै हो । सुजुकी ब्राण्डसँग गासिएर काम गर्नुको मज्जा नै अर्कै छ ।’
करुणलाई स्पोर्टी कार मन पर्छ । अहिलेदेखि होइन उहिलेदेखि । विद्यार्थी कालमा म्यागजिनमा स्पोर्टी कार हेरेर रमाउँथे । भविष्यमा अटो सेक्टरमै लाग्छु भन्ने लाग्थ्यो । बाल्यकालीन सपना विरलैले मात्र पछिसम्म कायम राख्छन् । तर, सपना पूरा गरेरै छाडे ।
‘मेरो वाल्यकालदेखिको सपना र अाजकाे अवस्था हेर्ने हाे भने अटो क्षेत्र तथा सुजुकीसँग गाँसिनु मेरा लागि ठूलो उपलब्धी हो’– करुण भन्छन् ।
करुणकाे विचार भिडियाेमा हेराैं
एसएलसीपछि उनले ललितपुरको युनाइटेड एकेडेमी र पिनाकल एकेडेमीमा म्यानेजमेन्ट पढे । पाटन क्याम्पसबाट एमबीएस गरे । त्यसपछि करियर सुरु गर्नुपर्ने भयो । उनको रोजाइको क्षेत्र सिर्फ एउटा थियो– अटो क्षेत्र । र, उनी अटो क्षेत्रमा प्रवेश गरेका थिए ।
सन् १९८० बाट नेपालमा सुजुकी नेपालमा भित्रँदा करुण जन्मिएकै थिएनन् । ६–७ कक्षा पढ्दा उनको सिरानी मुनि अटो म्यागजिन हुन्थ्यो । अहिले उनको हातमा सुजुकी स्वीफ्ट थर्ड जेनेरेशनको स्टेयरिङ हुन्छ । अनि, यो आकर्षक टिमको स्टेयरिङ पनि उनकै हातमा छ ।
आफ्नो टिम बारे करुण भन्छन्– ‘सुजुकी मार्केट लिडर हो । यो ब्राण्डलाई नम्बर वानमा कायम राख्न र ग्राहकहरुलाई निरन्तर सन्तुष्ट बनाइराख्न हामीले टिम वर्क गर्नुपर्ने हुन्छ । हाम्रो टिमका हरेक सदस्यलाई आफ्नो काम थाहा छ । लक्ष्य थाहा छ र ब्राण्डप्रति गर्व छ ।’
अहिले उनकाे टिमले सुजुकीका ५० हजार भन्दा धेरै ग्राहकको सेवा गर्छ । सुजुकी ड्राइभ गर्ने सपना बाेकेकाहरुकाे सपनालाई विपनामा परिणत गर्न तत्पर छन् ।
.jpg)
कस्तो छ त करुणको टिम र सुजुकी ब्राण्ड ? भन्छन्– ‘सुजुकी ब्राण्ड जस्तो छ, हाम्रो टिम पनि त्यस्तै छ । टिम वर्क गर्छौं । सुजुकीलाई अझ माथि उठाउन यो टिम सक्षम छ’– उनी दावी गर्छन्– ‘हेरिरहनु होला, सुजुकी नेपालमा अझै धेरै माथि जान्छ–जान्छ ।’
सुजुकी ब्राण्डको वर्णन गर्दा करुण निकै उत्साही देखिए । उनले भने– ‘सुजुकीले ग्राहकको मन र विश्वाश दुवै जितेको छ । जापानी प्रविधि भएकाले सुजुकीका गाडी चाँडो बिग्रँदैन, अत्यन्तै टिकाउ छ । विक्रीपछिको सेवामा पनि हामी मार्केट लिडर नै हाैं । यो कारणले पनि ग्राहकको मन झनै जितेका छौं ।’
सुजुकी अझै माथि कसरी जान्छ ? आकर्षक वक्ता समेत रहेका करुणले विलम्ब नगरी जवाफ दिए– ‘मोटरको प्रविधिमा सुजुकी विश्वकै अग्रणी हो । यसको माइलेज राम्रो छ । मर्मत खर्च थोरै लाग्छ, पार्टपुर्जा सहजै पाइन्छ । हामीसँग विभिन्न मूल्यका गाडी छन् । नेपालकै ठूलो सर्भिस नेटवर्क छ ।’
अटोमोबाइलको नशा छ करुणमा । भन्छन्– ‘मेरो भविष्य अटोमोबाइलमै हो । आफ्नै विजनेस गर्न पर्याे भने पनि अटो सम्बन्धी नै गर्छु ।’


प्रतिकृया दिनुहोस