• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

हुण्डाईका आवाशिष : युवा टिमको अगुवाई गर्दै

प्रताप दुलाल

प्रताप दुलाल

काठमाडौं । मोटरको एउटा ब्राण्डले नेपालको सडकमा निरन्तर साम्राज्य विस्तार गरिरहेको छ । त्यो ब्राण्ड हो हुण्डाई ।

हुण्डाईलाई नेपालको सडकमा यसरी विच्छ्याउने काम गर्ने एउटा टिम छ । त्यो मार्केटिङ टिमको अगुवाई गर्छन् आवाशिष ओझाले । चलनचल्तीको भाषामा भन्ने हो भने आवाशिषको टिम ‘खतरा’ छ, दामी छ । त्यही टिमसँग उनी नाडा अटो शो २०१९ मा आफ्नो ब्राण्डलाई अघि बढाउन लागि परेका छन् ।

हुण्डाईलाई नेपाली सडकमा लोभलाग्दो ढंगले ओछ्याउनका लागि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले १० वर्ष निरन्तर संघर्ष गरेको छ । संघर्षलाई सफलतामा बदल्न नेपालको हुण्डाई टिमसँग मुख्य दुई चिज छ । एउटा हो– विश्वविख्यात हुण्डाई ब्राण्ड, अर्काे हो– टिम भावना ।

गर्व गर्छन् आवाशिष हुण्डाई ब्राण्ड र आफ्नो टिमप्रति । अटोमोवाइलमा आवाशिषको रुचि वाल्यकालदेखि नै थियो । उनी भारतको केरलामा सात कक्षादेखि स्कुल पढे । त्यहाँ हुण्डाई गाडी देखिँदैनथ्यो । पछि बेंगलोरमा कलेज पढे । कलेज पढ्दै गर्दा हुण्डाई विश्वविख्यात ब्राण्ड बनिसकेको थियो । 

नेपाल आएपछि आवाशिष अटो क्षेत्रमा लागे । अटो क्षेत्रमा ६ वर्ष लागेपछि आवाशिषले टिम हुण्डाईमा मिसिने अवसर पाए । पाँच वर्ष अघि लक्ष्मी कन्टिनेन्टलको टिम हुण्डाईसँग मिसिए । यो पाँच वर्षमा नेपालको वातावरण पूरै फेरियो । मोटर चढ्न सक्ने जनताको संख्या बढ्यो । मोटर भएर मात्र हुँदैन, साथमा ‘हुण्डाई मोटर नै चाहिन्छ’ भन्ने जमात पनि बढ्यो ।

आवाशिष आफैं चाहिँ कुन ब्राण्डको मोटर चढ्छन् ? उनले भने– ‘हुण्डाई नै चढ्छु । हुण्डाई मोटर साथमा हुनु अनि हुण्डाई ब्राण्डमा काम गर्नु गर्वको कुरा हो ।’

उनी आई ट्वेन्टी एक्टिभ चढ्छन् । यो कारको परफरमेन्स मनपर्छ । यसअघि पनि हुन्डाईकै आई टेन चलाउथे । हालसालै घरमा आई ट्वेन्टी भित्राएका हुन् । क्रस ओभर कारमा आई ट्वेन्टी उत्कृष्ट रहेको बताउँछन् ।

हुन्डाई ब्राण्ड सफल हुनुमा यसको उच्चस्तरीय प्रविधि र विक्रीपछिको सेवा हो भन्छन् आवाशिष । हुण्डाईले काम गर्न व्यावसायिक शैली अपनाउँछ, आईएसओ सर्टिफाइड संस्था भएको र गाइडलाइन फलो गर्ने गरेकाले पनि यहाँको युवा जनशक्तिको दरिलो साथ संस्थाले पाएको उनी बताउँछन् ।

टिम हुण्डाईमा युवाको बाहुल्य छ । आवाशिष भन्छन् –‘मार्केटिङ र सेल्स फरक विभाग भएपनि हामी मिलेर काम गरेकोले नै सफल छौं ।’ 

प्रतिकृया दिनुहोस