• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूतबीच भेटवार्ता

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलका विशेष दूत सुङ मिन जाङबीच भेटवार्ता भएकाे छ ।

प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सङसहितकाे टाेलीबीच मंगलबार बिहान भेटवार्ता भएकाे हाे ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा एको भेटवार्तामा उहाँहरुबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुद‍ृढ बनाउने उपायबारे छलफल भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । 

सुङसहितकाे टाेलीले साेमबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकाे थियाे ।

 

प्रतिकृया दिनुहोस