• २४ असोज २०८३, शनिबार
  • Saturday,10 October,2026

काेभिडबाट एक जनाकाे ज्यान गयाे, ५१ संक्रमित थपिए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपालमा काेभिड-१९ संक्रमणबाट थप एक जनाकाे ज्यान गएकाे छ ।

याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या १२ हजार ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा पीसीआर र एन्टीजेन विधिबाट १ हजार २ सय ३८ जनाकाे नमुना परीक्षण गर्दा ५१ जनामा काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ । याेसँगै देशभर सक्रिय संक्रमितकाे संख्या ३ सय ६१ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा थप ३५ जना संक्रमित निकाे भएका छन् ।

प्रतिकृया दिनुहोस
↑