• २६ असोज २०८३, सोमबार
  • Monday,12 October,2026

'सिद्धबाबा'लाई ७ दिन म्याद थप

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

विराटनगर । बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनेर चिनिने कृष्णबहादुर गिरीमाथि अनुसन्धान गर्न सात दिन म्याद थपिएको छ । 

प्रहरीले अनुसन्धानका लागि समय मागेपछि जिल्ला अदालत सुनसरीले ७ दिन म्याद थपेको हो । प्रहरीले सिद्धबाबालाई  १६ मंसिरमा विराट नर्सिङ होमको आईसीयूबाट पक्राउ गरेको थियो । प्रहरीले चार दिन म्याद थपेर अनुसन्धान गरिसकेको छ । 

थप अनुसन्धान गर्नुपर्ने देखिएकाले अदालतलाई आग्रह गरिएको प्रहरीले जनाएको छ । अदालतले प्रहरीको आग्रह स्वीकारेर म्याद थपेको हो । आफ्ना अनुयायीलाई बलात्कार गरेको आरोप उनलाई लागेको छ ।
 

 

 

प्रतिकृया दिनुहोस
↑