पिकनिक जाँदै गरेकाे बस दुर्घटना, २२ विद्यार्थी घाइते
काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजको विद्यार्थी चढेको बस दुर्घटना भएकाे छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।
शुक्रबार कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकका लागि जाँदै गरेको बा५ख ४२८६ नम्बरको बस सडकमा पल्टेको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेमध्ये दुई जनाकाे भक्तपुर अस्पतालमा र अन्य २० जनाकाे इवामोरा अस्पताल सल्लाघारीमा उपचार गरिँदै छ ।


प्रतिकृया दिनुहोस