काठमाडौं महानगरले साउन १९ देखि कोभिड-१९ विरुद्ध खोप अभियान चलाउने
काठमाडौं । काठमाडाैं महानगरपालिकाले काेभिड-१९ विरुद्धकाे खाेप अभियान थाल्ने भएकाे छ ।
कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेहरुका लागि यही साउन २१ गतेदेखि ९ वटा वडामा कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएकाे महानगरले जनाएकाे छ ।
वडा नम्बर-६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते तथा वडा नम्बर-१२, १५, १९ र ३२ वडामा साउन २३ र २४ गते खाेप कार्यक्रम चलाइने महानगरकाे स्वास्थ्य विभागले जनाएकाे छ । १२ वर्षमाथिका सबै व्यक्तिले खाेप लगाउने पाउने महानगरले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस