जयनगर-जनकपुर रेल सेवा ३ दिन बन्द रहने
काठमाडाैं । जयनगर-जनकपुर-भंगहा रेल सेवा तीन दिन बन्द हुने भएकाे छ ।
भारतकाे मधुवनीको भंझारपुर संसदीय क्षेत्रमा आगामी मंगलबार लोकसभाको चुनाव हुने भएकाले आइतबारदेखि मंगलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडले सूचनामार्फत जानकारी दिएकाे छ ।
भारत मधुवनीको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । साेहीअनुसार वैशाख २३ गतेदेखि २५ गतेसम्म रेल सेवा बन्द हुन लागेकाे कम्पनीले जनाएकाे छ ।
बुधवारदेखि पुनः रेलसेवा नियमित सञ्चालन हुने सूचनामा उल्लेख छ ।



प्रतिकृया दिनुहोस