नेपाललाई भारतले दियो १० वटा बेलिब्रिज
काठमाडाैं । नेपाललाई भारत सरकारले १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) दिएको छ ।
भारत सरकारले १० वटा पुलका पार्टपुर्जाको पहिलो खेप बिहीबार नेपाल सरकारलाई हस्तान्तरण गरेको हाे । बाढीपहिरोले अवरूद्ध भएको सडक सञ्जाललाई जोड्न सहज होस भनेर भारतले ३८ करोड रुपैयाँ मूल्यका यी बेलिब्रिज पुलका सामग्रीहरू दिएको काठमाडाैंस्थित भारतीय दूतावासले जनाएको छ ।
भारतले यी पुल अनुदानका रुपमा उपलब्ध गराएकाे दूतावासले जनाएकाे छ । वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बुधबार साँझ प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पाठपूर्जा हस्तान्तरण गर्नुभयो ।
प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका बाँकी खेप आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने दूतावासले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस