मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द हुने
काठमाडाैं । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ ।
मर्मत सम्भारका लागि यही असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन केवलकार सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएकाे छ । केबलकार मेन लठ्ठा छाेट्यार्ने तथा मर्मतका लागि सेवा बन्द गर्न लागिएकाे हाे ।
कात्तिक २ गते शुक्रबारबाट भने केवलकारकाे सेवा नियमित सुचारु हुने प्रालिले जनाएकाे छ ।
यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो । आज एक दिनलाई भने केबलकार सञ्चालन गरिएको छ ।


प्रतिकृया दिनुहोस