नेपालमा पहिलो पटक एआई सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडाैंमा सुरु भएकाे छ ।
नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालले नेपालमै पहिलो पटक आयाेजना गरेकाे सम्मेलनकाे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयाे । कालिमाटीस्थित हायात प्यालेसमा सुरु भएकाे सम्मेलन भाेलिसम्म चल्नेछ ।
सम्मेलन उद्घाटन समाराेहमा बाेल्दै प्रधानमन्त्री ओलीले एआईसम्बन्धी राष्ट्रिय नीति बनाउने तयारीमा सरकार रहेकाे बताउनुभयाे । नेपाललाई एआई एजुकेशन हब बनाइने पनि उहाँले बताउनुभयाे । विकासका लागि, मानिसकाे जीवनलाई सरल र सहज बनाउनका लागि एआईको उपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयाे ।
सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले एउटा रोबटसँग हात मिलाउनुभएकाे थियाे ।


प्रतिकृया दिनुहोस