• २५ असोज २०८३, आइतबार
  • Sunday,11 October,2026

हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न कार्यदल गठन

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  कार्यदल गठन गरेको छ ।

मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा बिहीबार कार्यदल गठन गरिएको हो । कार्यदलमा गृह मन्त्रालय, उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य हुनुहुन्छ ।

यात्रुले खरिद गरेको हवाई टिकट र एयरलाइन्सले बिक्री गरिरहेको टिकट र कालोबजारी अध्ययन तथा अनुगमन गरी तत्काल सुझाव दिनेछ । उक्त सुझावका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिनेछ ।

हवाईभाडा वृद्धिबारे गुनासो बढेपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । सो निर्देशन बमोजिम आज अन्तर्राष्ट्रिय उडान गर्ने ११ हवाई कम्पनीले बिक्री गरेका टिकटको मूल्य, टिकटको उपलब्धता र यात्रुको विवरण बुझाएको मन्त्रालयले जनाएको छ ।

- रासस

प्रतिकृया दिनुहोस
↑