विद्युत् प्राधिकरणमा ऊर्जा मन्त्री खड्काको नयाँ कार्यकक्ष
काठमाडाैं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणमा आफ्नो कार्यकक्ष बनाउनुभएकाे छ ।
मन्त्री खड्काले रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालयमा कार्यकक्ष बनाउनुभएकाे हाे । मंगलबार बनाइएकाे कार्यकक्षमा उहाँ बुधबार बस्नुभएकाे हाे ।
प्राधिकरण सञ्चालक समितिको अध्यक्ष ऊर्जा मन्त्री रहने प्रावधान छ । त्यसअघि रत्नपार्कस्थित प्राधिकरणकाे प्रधान कार्यालयमा अध्यक्षको कार्यकक्ष थिएन । उहाँ पहिलो पटक कार्यकक्ष बनाई आफैं बस्न थाल्नुभएकाे छ ।
सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले प्राधिकरणमा आउँदा बस्ने ठाउँ सम्म नभएका कारण कार्यकक्ष बनाउनआवश्यक भएकाले बनाइएको बताउनुभयाे ।
मन्त्री खड्का बुधबार कार्यकक्षमा पुग्दा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने माथिल्लो तामाकोशीको पुनर्निर्माण स्थल पुग्नुभएकाे थियाे ।


प्रतिकृया दिनुहोस