• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

सरकारले अब चाँडै एआई नीति ल्याउँछ : सञ्‍चारमन्त्री गुरुङ

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइटी क्षेत्रलाई व्यवस्थित गर्न चाँडै नै आर्टिफिसिएल इन्टिलिजेन्स् (एआई) नीति ल्याइने बताउनुभएकाे छ ।

शुक्रबार आयाेजित इञ्जिनियरिङ एक्सपो-२०२४ लाई सम्बाेधन गर्दै मन्त्री गुरुङले एक महिनाभित्र सरकारले एआई सम्बन्धी नीति ल्याउने बताउनुभयाे ।

सरकार आइटी क्षेत्रको विकासका लागि गर्नुपर्ने सबै काम गर्न सरकार तयार रहेको उहाँले बताउनुभयाे । मन्त्री गुरुङले भन्नुभयाे - 'आइटीको क्षेत्रमा एआइको पोलिसी एक महिनाभित्र आउँछ, तर यसका लागि लिगल के-के चाहिन्छ ? कानुनी रुपमा के-के गर्नुपर्छ ? मिलाउनुपर्ने कुरा के-के छन् ? त्यो मिलाउँदै जानुपर्ने अवस्था छ, आइटीको क्षेत्रको विकासको लागि के-के गर्नुपर्ने हो ? सरकारको भूमिका के हो भन्नेतर्फ काम भइरहेको छ ।' 

एआइलाई कसरी प्रयोग गर्ने भन्नेबारेमा सबै जानकारी लिएर काम गर्न सरकार तयार रहेकाे उहाँले बताउनुभयाे । आफ्नो मन्त्रालय आइटी क्षेत्रसँग बढी केन्द्रित रहेको मन्त्री गुरुङले बताउनुभयाे । अहिलेसम्म पनि आइटीको पोलिसीमा कुनै पनि रिफाइमेन्ट नभएको उहाँले बताउनुभयाे ।

०८१ भित्रै नेपालभर फोरजी सेवा बिस्तार गरिने पनि मन्त्री गुरुङले बताउनुभयाे ।

प्रतिकृया दिनुहोस