• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

रवि लामिछाने चितवन प्रहरी हिरासतमा 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । सकारी ठगी मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रहरी हिरासतमा पुग्नु भएको छ । 

बुधबार राति लामिछाने आफूले चुनाव जितेको जिल्ला चितवनको प्रहरी हिरासतमा काट्नु पर्ने भएको छ । 

सहकारी ठगी मुद्दामा बुधबार चितवन जिल्ला अदालतमा हाजिर हुन पुग्नु भएको लामिछानेले दिनभरि अदालतमा बयान दिनुभएको थियो । बयान पछि सुरु भएको थुन छेक बहस नसकिएपछि लामिछानेले अदालतले न्यायिक हिरासतमा पठाउने आदेश दिएको छ । 

लामिछानेलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ । यस अघि अन्य अदालतले लामिछानेलाई आफन्तको जिम्मा लगाएको थियो । आज पनि आफन्तको जिम्मा छुट्ने अनुमान गर्दै बयान दिन अदालत जानुभएका लामिछानेलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ । 

 

प्रतिकृया दिनुहोस