• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

खोटाङको वराहपोखरीमा महिला र पुरुष मृत फेला 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । खोटाङको वराहपोखरी गाउँपालिका–१ वराहपोखरीस्थित डाँडाखर्कमा एक महिला र एक पुरुष मृत भेटिएका छन् । 

डाँडागाउँकी २३ वर्षीय सरिता विष्ट बस्नेतको जङ्गलमा हत्या भएको अवस्थामा शव भेटिएको छ । त्यसतै सोही गाउँका २० वर्षका शिखर बस्नेत पनि सोही जङ्गलमा मृत भेटिएका छन् । महिलाको शव रहेको भन्दा २५ मिटर तल रुखमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला परेको छ । 

मृत महिला विवाहित हुन् । उहाँका दुई वर्षकी  छोरी छिन् ।  

मृत भेटिएका महिला र पुरुष दुवै जना जङ्गलमा घाँस काट्न गएका थिए । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  

 

प्रतिकृया दिनुहोस