• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

राजावादीको आन्दोलनमा एक प्रदर्शनकारीको ज्यान गयो, आजको प्रदर्शन आपराधिक भएको गृहकाे दाबी 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेमा पूर्वराजका समर्थकहरूले गरेको हिंसात्मक प्रदर्शनको क्रममा एक जनाको ज्यान गएको छ । 

राजावादीहरूको प्रदर्शनका क्रममा कीर्तिपुर–४ बस्ने वर्ष २९ को सविन महर्जनको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयका प्रवक्ता छवि रिजालले राजावादीहरूको आन्दोलनको कमाण्ड दुर्गा प्रसाईँले गरेकाले उनी र आयोजक संस्थाले क्षतिको जिम्मेवारी लिनुपर्ने स्पष्ट पार्नु भएकाे छ । गृहका अनुसार निजी संरचना, अस्पताल तोडफोड गर्ने काम भएकाले ती काम क्षमायोग्य छैनन् । आपराधिक क्रियाकलापमा संलग्न सबैलाई कानुनी कारबाहीलाई ल्याइने गृहले स्पष्ट पारेको छ । 

आन्दोलनको नाममा आज भएको घटना अमानवीय र निन्दनीय घटना भएको गृह मन्त्रालयले जनाएको छ । आन्दोलनको नाममा आगजनी र लुटपाटका घटना भएको गृहको भनाइ छ । 

यो कुनै राजनीति आन्दोलन नभएर अमानवीय, हिंसात्मक र आपराधिक कार्य भएको मन्त्रालयको धारणा छ । । अब यस्ता प्रकृतिका घटना भए भने सरकार चुप लागेर नबस्ने मन्त्रालयले स्पष्ट पारेको छ । आजको घटनामा संलग्नलाई पक्राउ गरी कानुनको दायरामा ल्याइने मन्त्रालयले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस