• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

पूर्वराजाका समर्थकले आगो लगाएर पत्रकारलाई ज्युँदै जलाए 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुनेमा पूर्वराजाका समर्थकले आगो लगाएको घरमा जलेर एक पत्रकारको ज्यान गएको छ । 

शुक्रवार दिउँसो आगजनी भएको घर नजिकै एभीन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको शव फेला परेको छ । रजक एभीन्युज टेलिभिजनका क्यामरा पर्सन हुनुहुन्थ्यो । प्रहरीले घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन । 

सो प्रदर्शनमा अर्का एक जनाको ज्यान गएको गृह मन्त्रालयले पुष्टि गरिसेकेको छ । कीर्तिपुर नगरपालिका–४ सविन महर्जनको प्रदर्शनका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ । शव नचिनिने अवस्थामा रहेकोले पहिचानको काम भइरहेका प्रहरीले जानकारी दिएको छ । 

उक्त भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो । शव जलेर नचिनिने अवस्थामा छ । 

प्रहरीसँगको झडपपछि तीनकुनेको सो भवनमा पूर्वराजाका समर्थकहरुले आगो लगाएका थिए । त्यसअघि उनीहरूले सो घरमा ढुङ्गा हानेर सिसा सबै फुटाइदिएका थिए ।

 

 

प्रतिकृया दिनुहोस