• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

राप्रपा नेता रवीन्द्र मिश्र र धवलशमशेर राणा पक्राउ, दुर्गा प्रसाईँ भागे  

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले केही बेरअघि उनीहरूलाई नियन्त्रणमा लिएको छ ।  आजको घटनाबारे अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

अस्पतालमा घाइतेलाई भेटेर फर्कने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । आजको आन्दोलनका नाइके दुर्गा प्रसाईँलाई भने अहिलेसम्म प्रहरीले समाउन सकेको छैन । प्रसाईँ लुकेर बसेको कारण प्रहरीले फेला पार्न सकेको छैन । 

हिंसा भड्किएपछि एउटा घरको सटमा लुकेर बसेका प्रसाईँ प्रसाईँ तीनकुनेबाट गाडी मगाएर भागेका थिए । त्यहाँबाट भागेका प्रसाईँ घरमा नगएर अन्तै लुकेर बसेका छन् । सरकारले आगजनी, लुटपाट, तोडफोड तथा पत्रकारलाई जलाएर मारेको आरोपमा मुद्दा चलाउने भएपछि प्रसाईँ भागेका छन् । 

 

प्रतिकृया दिनुहोस