रवि लामिछानेलाई भैरहवा लगियो, दुई दिन रुपन्देही प्रहरी हिरासतमा बसेपछि जेल जाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ ।
शुक्रबार राती सहकारी ठगी प्रकरणमा उच्चअदालतको आदेशबाट प्रहरले काठमाडौंबाट पक्राउ गरेको लामिछानेलाई यती एयरलाइन्सको विमानबाट भैरहवा लगिएको हो ।
लामिछानेलाई विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय रुपन्देही लगिएको छ । संगठित रूपमा सहकारी ठगी गरेको आरोपमा तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । अदालतको आदेश पछि प्रहरीले शुक्रबार राति बुढानीलकण्ठस्थित निवासबाटै लामिछानेलाई गिरफ्तार गरेको हो ।
यस अघि बुटवलको सुप्रिम सहकारी ठगीमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड धरौटी लिएर छाडेको थियो । सो आदेश उल्टाउँदै उच्चअदालतले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।
आज र भोलि बिदा भएकाले लामिछानेलाई रुपन्देही प्रहरी हिरासतमा राखिने भएको छ । सोमबार अदालतमा उपस्थित गराएपछि अदालतको पत्र लिएर जेल पठाइने छ ।


प्रतिकृया दिनुहोस