दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको आदेश
काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक घटना घटाउने नाइके दुर्गा प्रसाईँलाई अदालतले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंले प्रसाईँलाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । पूर्वराजा ज्ञानेन्द्रले तोकका राजावादी आन्दोलनका जनकमाण्डर प्रसाईँलाई शुक्रबार झापाबाट प्रहरीले पक्राउ गरी शुक्रबारै काठमाडौं ल्याएको थियो ।
प्रसाईँ सहित उनका अङ्गरक्षक दीपक खड्कालाई समेत १२ दिनको म्याद थप भएको छ ।
राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईँविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर मुद्दा लगाइएको छ ।


प्रतिकृया दिनुहोस