केपी ओलीलाई पक्राउ गर्न प्रहरी गुण्डुस्थित निवासमा
काठमाडौं । गृहमन्त्री र दुई प्रहरी प्रमुखबीच रातभर चलेको छलफलपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली गुण्डुस्थित उहाँको निवासमा पुगेको छ।
स्रोतका अनुसार सयौंको संख्यामा पुगेको प्रहरी टोलीले पक्राउ प्रक्रिया अघि बढाउने तयारी गरेको भए पनि हालसम्म औपचारिक पक्राउ पुर्जी भने प्रस्तुत गरिएको छैन।
प्रहरी गृहमन्त्रीबाट अन्तिम लिखित आदेश आउने प्रतीक्षामा रहेको बुझिएको छ । आदेश प्राप्त भएलगत्तै पक्राउ प्रक्रिया अघि बढाउने प्रहरीकाे तयारी रहेकाे बुझिएको छ ।


प्रतिकृया दिनुहोस