• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उहाँलाई शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको हो।

चिकित्सक र परिवारले अस्पताल भर्ना हुन सुझाए पनि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवासमै बसिरहेको स्रोतले जनाएको  थियाे । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकले हिजो नै अस्पताल भर्ना हुन सल्लाह दिएका थिए।

तर आफूलाई पक्राउ गर्न सकिने आशंकामा ओली अस्पताल नगई गुण्डुस्थित निवासमै बसिरहेको स्रोतको दाबी थियाे । 

नयाँ सरकार गठनपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अघि बढाइएको अनुसन्धानको क्रममा ओलीलाई पक्राउ गरिएको बताइएको छ।

 

याे सँगै  नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई  पनि प्रहरीले  पक्राउ गरेको छ ।

भक्तपुर, कटुन्जेस्थित घरमा सुतिरहेको अवस्थामा उहाँलाई  प्रहरीले पक्राउ गरेको हो   । 

 

प्रतिकृया दिनुहोस